२०८१ बैशाख १५ , शनिवार

नेप्सेमा गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.४२ अंकले घटेर दुई हजार १० दशमलब ३५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावर लिमिटेड रहेको छ । यी कम्पनीको शेयरूमल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९.७३ प्रतिशतले बढेको छ ।

आज शुभम् पावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज १३ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
रासस