२०८१ बैशाख २४ , सोमवार

शाओमीको नेपालमा ५ वर्ष पुरा

Capture

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलता पूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुङ्गाले नेपालमा शाओमीले उपस्थितिको पाँचवर्ष मात्र नभई नेपाली ग्राहकवर्ग लाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि मनाउँदै छ ।

 

सन् २०१८मालन्चभएदेखि नै शाओमीले नेपालीबजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरू मध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित छ । विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । शाओमी टेक्नोलोजी क्षेत्रमा घर–घरको नामबन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफलभएको छ । उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधि लाई उपभोक्ता माझ पु¥याउने ब्राण्डको अटल समर्पणले नेपाली ग्राहकवर्गको हृदयमाविशेष स्थानकमाएको छ । शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागिपहुँचयोग्यबनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध छ ।

विगतकावर्षहरू जस्तै शाओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थपविशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा रु. २००० सम्मको आकर्षक छुट प्रदानगरिरहेको छ । शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागिखुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।यस महत्वपूर्ण अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो,“हामी नेपालमा हाम्रो ५ औं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ । यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रह्यो र हामीग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रतिआभारी छाँै । हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ ।”

शाओमी नेपाली ग्राहकहरू लाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छ । रिटेल पार्टनर र सर्भिस सेन्टरहरूको विस्तृत नेटवर्कको साथ कम्पनीले देशमाबलियो उपस्थिति बनाएको छ । शाओमी नेपालले विगतपाँचवर्षमा नेपालमा प्रविधिलाई हेर्ने तरिका मात्र परिवर्तन गरेको छैन तर आफ्नो करपोरेट सोसल रेस्पन्सिबिलिटी (सि.एस.आर) प्रयासहरू मार्फत समुदायलाई भलो हुने कामपनि गरेको छ । साथै शाओमी नेपालले आफ्नो फेसबुकमा सक्रिय शाओमी फ्यानक्लब मार्फत टेक फ्यानहरूका लागि एक सक्रिय कम्युनिटी निर्माण गरेको छ ।