२०८१ बैशाख २५ , मंगलबार

स्वस्तिक रोलिङ मिल्सले पायो टाटा आइरन एन्ड स्टिलको बेस्ट भ्यालुड कस्टमर अवार्ड

Capture

सुनाखरी न्युज/ काठमाडौं । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ ।

 

कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्डले सम्मानित गरेका हुन् । । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको छ । स्वस्तिक रोलिङ मिल्सले व्यावसायिक उत्पादनको छोटो समय भित्रै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ । बजरंग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको छ ।

उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ । एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ ।निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको जानकारी दिएका छन् । बजरंग ब्रान्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने निर्देशक राठीको भनाइ छ । ‘हामी गुणस्तरप्रति सचेत छौं। छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो,’ निर्देशक राठीले भने ।

 

टाटा स्टिल भारतको ठूलो र ब्रान्डेड फलाम उद्योग हो । यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन् । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ। टाटा स्टिलको स्पन्ज आइरन संसारमै स्तरीय मानिन्छ । स्वस्तिक रोलिंग मिल्सद्वारा उत्पादित बजरंग स्टीलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरिसकेको कम्पनी हो । रासस