२०८१ बैशाख १७ , सोमवार

नेलम्बो नेपालको ४४ औं समाजिक सेवा दिवस प्रहरीसँग

Capture

सुनाखरी न्युज/ काठमाडौं । सामाजिक संघसंस्थाहरुले हरेक वर्ष असोज ६ गतेका दिन विभिन्न कार्यक्रमहरु आयोजना गरी सामाजिक सेवा दिवस मनाउने गर्दछन् । समाज रुपान्तरणको लागि कार्य गर्ने संघसंस्थाहरु यस दिनलाई विशेस महत्वकासाथ समाज कल्याण परिषद्ले तय गरेको मूल नाराका साथ समाजिक सेवा दिवस समुदायमा मनाउने गरिन्छ ।

 

त्यसै गरी पोखरा ४ गैह्रापाटनमा रहेकोनेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीहरुका लागि र जिल्ला कारागारमा रहेका थुनुवा बन्दी कैदि महिलाहरुकालाई मनिावारीको समयमा अति आवश्यक पर्ने सेनेटरी प्याड हस्तान्तरण गरी “दिगो विकास राष्ट्रिय प्रतिवद्धता, लक्ष्य प्राप्तीमा संघसंस्थाहरुको सहभागिता” भन्ने मूल नाराका साथ ४४ औं समाजिक सेवा दिवस मनाएको हो । उक्त कार्यक्रममा नेलम्बो नेपालले ४०५ प्याकेड सेनेटरी प्याड हस्तान्तरण गरेको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो । हस्तान्तरण पश्चात् संस्थाका अध्यक्ष एकदेव देवकोटाले संस्था शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल रहेको र विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को विषम् परिस्थितिमा पनि स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र सञ्चार कर्मीहरुका लागि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको बताउनु भयो ।

 

उहाँले कोभिडको समयमा जिल्ला प्रहरी कार्यालयमा रहेका सम्पूर्ण कर्मचारीहरुलाई पनि निःशुल्क स्वास्थ्य शिविर राखि औषधी उपचार गरेको औल्याउनु भयो । उक्त कार्यक्रममा महिाला सञ्चारीका समूह गण्डकी प्रदेशकी कञ्चन थापाले नेलम्बो नेपालले गरेको कार्य प्रशंशनीय रहेको बताउनु भयो । त्यसै गरी प्रहरी उपरीक्षक मोहन कुमार थापाले नेलम्बो नेपालले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहाँले सहयोगी संस्थाले दिएको सामग्रीहरु सही सदुपयोग गरी सवै समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भयो आगामी दिनहरुमा पनि नेलम्बो नेपालसँग थप सहकार्य गर्ने प्रतिबद्धता सहित सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरिक्षक समिक्षा खत्रीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रहरी नायब उपरिक्षक श्रवण कुमा वि.क.ले गर्नुभएको थियो ।