
प्रदिप न्यौपाने / धनगढी ।आज बिहान जिल्लाबाट खटिएको टाईगर टोली र त्रिनगर प्रहरी चौकी बाट खटिएको टोलीले न ५ ख २८१६ नम्बरको बस नियन्त्रण गरी भन्सार छलीको सामान बरामद गरेको छ ।
बस को एसि बक्स भित्र लुकाइ छिपाइ गरेर लौदै गरेको १८०५०० को समान बरामत गरेको छ।मिति २०८०/०६/०६ गते बिहान करिब १०:२५ बजे समयमा प्रहरीलाई सफलता मिलेको थियो ।केही समय पहिला पनि प्रहरीले ठुलो मात्रामा सामान बरामत गरेको थियो तर भन्सार मा खटिएको भन्सारका सुरक्षा निकाएले किन देख्दैन्न यो छली कतै मिलिमहतो को गन्द त आयको बुज्न सकिन्छ।
बसको एसी भित्र लुकाई छुपाई मोबाइलका पार्ट्सहरु भारतको दिल्ली बाट धनगढी आउनलागेको थियो ।
