२०८१ बैशाख १६ , आइतवार

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी

fire

सुनाखरी न्युज/ मुगु ।
मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् । उक्त आगलागीबाट मानवीय क्षति नभएको तर धनमाल सखाप भएको  छ ।

 

गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

 

 

आगो कसरी लाग्यो भन्ने कुनै तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साढे १ बजे सुरु भएको आगलागी राति ४ बजे नियन्त्रण आएको प्रहरीले जनाएको छ ।