२०८१ जेठ ६ , आइतवार

यो साता सुनको मूल्यमा सामान्य कमी, अमेरिकी डलरप्रतिको आकर्षण कायमै

Screenshot 2023-09-22 123834

सुनाखरी न्युज/ काठमाडौं ।
यो साता सुनको मूल्यमा सामान्य कमी आएको छ । विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण कायमै रहकोले सुनको मुल्यमा कमी आएको हो ।

अमेरिकी डलर मजवुत बन्दै गइरहेका कारण लगानीकर्ताहरु त्यसतर्फ आर्षित भएकोले यो साता पनि विश्व बजारमा सुनको मुल्यमा सामन्य कमी आएको विश्लेषकहरुले बताएका छन् । अमेरिकी रिजर्भ बैंक फेडले लिएको ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीतिका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई त्यसको प्रभावले डलर मजवुत बनेकोले लगानीकर्ताहरु त्यसतर्फ आकर्षित हुँदा सुनको मुल्यमा कमी आएको उनीहरुको विश्लेषण छ ।

यो क्रम अझै केही समय कायमै रहन सक्ने अनुमान विश्लेषकहरुको छ । अमेरिकी डलर मजवुत बन्दै जाँदा त्यसको प्रभाव स्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मुल्यमा सामान्य कमी आएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

उहाँका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार २ सय ८० रुपैयाँ रहेको सुनको मुल्य साताको तेस्रो दिन मंगलबार साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्रामको ९६ हजार ८ सय ८० रुपैयाँ सम्म पुगेको छ । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य ९६ हजार १ सय १० रुपैयाँमा झ¥र्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ सय ७० रुपैयाँले कम हो भने साताकै उच्च मुल्य कायम भएको दिन मंगलबारको तुलनामा प्रति १० ग्राम ७ सय ७० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय २२ रुपैयाँ पुगेको छ ।