२०८१ जेठ १ , मंगलबार

अपर तामाकोशीको हकप्रद शेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्म भर्न सकिने

Capture

सुनाखरी न्युज/ काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर आवेदन दिने समय थप गरेको छ । असोज ७ गतेसम्म कायम भएको समयलाई करिब तीन साता समय थप गरेको हो ।

 

भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदनको समय तोकिएको थियो । कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ । कम्पनीले शेयरधनीलाई १:१ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो। तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

 

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।