२०८१ बैशाख २४ , सोमवार

नेपालको नवीकरणीय उर्जा पहललाई बढावा दिन टाटा पावर नवीकरणीय उर्जा लिमिटेड र दुगड पावर फोर्ज बीचको सहमति

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालको नवीकरणीय उर्जा पहललाई बढावा दिन टाटा पावर नवीकरणीय उर्जा लिमिटेड र दुगड पावर फोर्ज बीचको सहमति राष्ट्रिय, सन् २००३, सेप्टेम्बर ६, टाटा पावर नवीकरणीय उर्जा लिमिटेड (टीटीआरइएल) नवीकरणीय उर्जाको क्षेत्रमा एउटा अग्रणी कम्पनी हो, जसले दुगड ग्रुप जुन नेपालको ख्याति प्राप्त ब्यापारिक समूह हो, निजको भगिनी कम्पनी दुगड पावर प्रा.लि.सँग सहकार्यको हात अगाडि बढाएको छ ।

नेपालमा दूततर रुपमा विकास भइरहेको नवीकरणीय उर्जाको विकासमा टीटीआरइएलको रणनैतिक प्रवेशलाई यस सहमतिले बढावा दिन्छ र दीगो विकासमा नेपालले चालेको कदमलाई मात्रात्मक रुपमा बढाउन यसले एउटा आधार तयार गर्दछ । भारतको पावर कम्पनीहरु मध्ये सबैभन्दा ठूलो टाटा पावरको एउटा भगिनी कम्पनी टीटीआरइएल हो । यस एकताले दुगड पावरलाई नेपालमा शुरुदेखि अन्त्यसम्मको दीगो उर्जा उत्पादनमा कोशेढुँगा बन्नमा मद्दत गर्नेछ । यो साझेदारी खुला बन्दा ग्रीड उर्जा समाधानको सौय प्रविधिको रुपान्तरणका लागिहो । इन्जिनियरीङ्गका लागि स्वीकार योग्य बनाइएको, यो सहकार्य यस क्षेत्रमा दीगो उर्जाको लागि लामो समयसम्म कायम राख्नको लागि हो । यो सहमति नेपालमा आवश्यकरहेको विविध प्रकारको उर्जा आवशयकता समाधानको लागि १ किलोवाट देखि मेगावाट सम्मको हो । सेल्स, तथा मोडुल्स, इन्जिनियििरङ्ग, खरिद, र निर्माण लगायत नेपाल भित्र हुने कार्य संचालन र मर्मत सुधारमा टीटीआरइएलले प्रदान गर्ने सेवाको विविधिकरणको लागि यसले नयाँ क्षितिजको ढोका खोल्छ ।

टाटा पावर नवीकरणीय उर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्ना भन्नुहुन्छ, “दुगड पावर सँगको यो साझेदारी नेपालको उर्जाको क्षेत्रको इन्जिनियरिङ्ग लाई पुनपरिभाषित गर्ने रणनैतिक एकता हो । जब हामी नेपालको उर्जाको संभाब्य बजार भित्र प्रवेश गर्दछौं, एउटा परिवर्तनशील प्रभाव रहोस भन्ने हामी चाहन्छौं । दुवै कम्पनीहरु सँग रहेका श्रोतहरु र विज्ञताको एकताले यस क्षेत्रमा दीगो उर्जाको खपतमा रहेको प्रणालीमा नयाँ परिश्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौं । दुगड पावर प्रा.लि.का ब्यवश्थापकीय निर्देशक श्री अभिशेक दुगड भन्नुभयो, “टाटा पावर नवीकरणीय उर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको उर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्म निर्भर र नवीकरणीय बनाउने रणनैतिक एकता हो । आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ उर्जा पुर्याउने कुरामा हामी प्रतिवद्ध छौं । नेपालको दीगो उर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो ।

 

टाटा पावर नवीकरणीय उर्जा लिमिटेड नवीकरणीय उर्जा क्षेत्रको नेतृत्वदायि खेलाडी हो जसले विश्वभरि नै ३ जीडब्लु भन्दा बढीको सेल र मोडुल बेचेको छ । ३.४ मेगावाटको नेदरल्याण्डमा, ३.३७६ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठूला र बहुमापनका कम्पनीहरु लाई उर्जा दिएको छ । दुगड पावरले नेपालको नविकरणीय उर्जाको क्षेत्रमा दक्षता हासिर गर्दछ । यी दुवै कम्पनीलेसंयुक्त रुपमा नेपालको उर्जा समाधानका लागि रुपान्तरणकारी कार्य गर्न क्षमता राख्दछन् । यो साझेदारीले परम्परागत ब्यापारिक एकताको सीमालाई नाघ्छन् । नेपालको उर्जा क्षेत्रलाई पुनपरिभाषित बनाउने लक्ष यस साझेदारीले राखेको छ । टाटा पावर नवीकरणीय उर्जा लिमिटेड र दुगड पावर प्रा.लि. दुवै कम्पनी नेपालको उर्जा क्षेत्रलाई अद्वितीय रुपमा नयाँ उचाइमा पुर्याउने रणनीतिक रुपमा सबल छन् ।
रासस