२०८१ बैशाख २३ , आइतवार

ह्वावे, आसियान फाउन्डेसन, र सीमइयो स्पटलाइट एसियाप्यासिफिकका इमर्जिंङ टेक लिडर्स ’सीड्स फर द फ्युचर समिट–२०२३’

Capture

सुनाखरी न्युज/ काठमाडौं । डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ ।

 

ह्वावेको पहलमाएशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि’कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसियाप्यासिफिक’भन्ने नारालाई सार्थक बनाउन १९ एशियाप्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ माभागलिएका छन् । नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसंग ’सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागीभएका छन्। यस शिखर सम्मेलनमाप्रविधि र सांस्कृतिकआदानप्रदानकार्यक्रम, ह्वावेको विश्व–स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिकचीनको अनुभव समावेश छ।

समिटको विषय वस्तुमा प्रकाश पार्दै ह्वावे एशियाप्यासिफिकका अध्यक्ष साइमनलिनले भने, “ह्वावेले ’सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो बर्ष हो । हरेक वर्ष, हामी केहीनयाँ, थप साझेदारहरू सामेल भएसंगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ, तथा पियसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन् । शिखर सम्मेलनको मुख्यभागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू– आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशीपूर्वाधार, डिजिटल क्षमतानिर्माण, युवतीतथायुवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए ।

 

कार्यक्रमआसियान फाउन्डेसनकाकार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमाप्यानल छलफलद्वारा समापनगरिएको थियो । कार्यक्रममा नेशनलयुनिभर्सिटी अफसिङ्गापुरका विज्ञहरू, ह्वावे र ’सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलितप्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रकाभविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमताअभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामागहिरो प्रकाश परेको थियो ।

यो प्रतिभा शिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमाह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुत अनुभवको विस्तार हो । त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइलप्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमाअद्वितीयअनुभवप्राप्त गरेका थिए । आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागीविद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो ।

 

सीड्स फर द फ्युचर
’सीड्स फर द फ्युचर’ ह्वावेको पहलमा संचालितकार्यक्रमहो, जहाँभविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्ताहरुलाई प्रविधि र अन्तर–सांस्कृतिकअनुभवहरूका साथै टेक फर गुड परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ संचालित रहेको छ ।

 

रासस