२०८१ जेठ ४ , शुक्रवार

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ। नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेलाभएर करिब २००० जनाभन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसिड्ड मार्पmत लाभलिएका थिए।

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ। यसका साथै नियमित मर्मतसम्भारदेखि उच्चदक्षप्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधापनिआइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ। बिदाको समय तथा रात्रिकालिन सेवाकालागिआपतकालीन सेवा चौबिसै घण्टा संचालनहुने र उक्त सेवालिनकालागि टोल फ्रीनम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवालिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो।

 

बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ। व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो।