
सुनाखरी न्युज/ काठमाडौं । शिशिर उजाड/ पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसले क्याम्पसको शैक्षिक वृद्धि विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ।
क्याम्पसको दशौं साधारण सभाका अवसरमा यही असोज ६ गते शनिवार क्याम्पसको उन्नयन, विकास र अक्षयकोष स्थापनामा सहयोग गर्नेलाई सम्मान गर्न लागिएको क्याम्पस प्रमुख विजय शर्माले जानकारी दिनुभयो। सोही अवसरमा क्याम्पसका आजिवन सदस्यलाई पनि सम्मान गरिने बताइएको छ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङको प्रमुख अातिथ्यतामा हुने कार्यक्रमको तयारी पुरा गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँले बताउनुभयो।
वि सं २०६६ सालमा स्थापना भएको उक्त क्याम्पसले स्नातक तहमा व्यवस्थापन संकायका कक्षा सञ्चालन गर्दै आइरहेको छ।