२०८१ बैशाख १५ , शनिवार

भारत जाँदै प्रधानसेनापति, इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुने

Army Chief Sharma

सुनाखरी न्युज/ काठमाडौं।

सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधान सेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेस‌म्म सञ्चालन हुने तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी असोज ७ गते भारत प्रस्थान गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।

गत भाद्र २३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको सो सम्मेलनमा प्रधान सेनापति सहभागी हुन हुन लागेको सेनाले स्पष्ट गरेको छ ।

आईपीएसीसीको सम्मेलनकै क्रममा आयोजना हुने ४७ औँ इन्डो(प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम सहभागी हुनेछन् भने नवौँ सिनियर इनलिस्ट लिडर फोरममा सहभागी हुन सेना प्रमुख सुबेदार रत्‍न बहादुर थापा मगर पनि भ्रमण दलमा संलग्न रहनेछन् ।

 

भारत र संयुक्त राज्य अमेरिकाका सेनाह‌रूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।