२०८१ बैशाख १५ , शनिवार

शिक्षकसँग गरेका सहमतिबाट पछि नहट्ने सरकारको प्रतिवद्धता

Purna Bdr

सुनाखरी न्युज/ काठमाडौ ।

सरकारले शिक्षहरुसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट गरेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा बिहीबार  सरकारका तर्फबाट धारणा राख्दै शिक्षक महासंघले अहिले राखेका मागमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको समेत बताए । अर्को निजमति सेवा सरहको पेन्सनको सवालमा २०७६ सालदेखि लागु हुनेगरी भनेर शिक्षा मन्त्रालयले परिपत्र गर्नेवित्तिकै कार्यान्वयनमा जाने कार्यबहाक प्रधानमन्त्री खड्काले बताए ।

मन्त्री खड्काले शिक्षकहरुको मागबारे समग्रतामा समाधान निस्कने बताए । ‘शिक्षकहरुको मागमा समग्रतामा समाधान निस्कन्छ । पार्टीका तर्फबाट पनि यही कुरा नेताहरुले भनिदिनुस् । पहिला सहमति भएका कुराबाट सरकार पछि हट्दैन ।’

उनले मुलुकको अर्थतन्त्रले तत्तकाल धान्न नसक्ने कुरा, आर्थिक बोझ हुने कुरा र संविधानले गरेको व्यवस्थाको प्रतिकुल हुने कुरामा सरकार त्यो ठाउँमा पुग्न नसक्ने बताए ।