२०८१ बैशाख १५ , शनिवार

शेयर बजारमा उछाल

nepse high

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उछाल आएको छ । शेयर धितो कर्जामा १२ करोडको सिमा हट्ने हल्लाले बजारमा उच्च अंकको वृद्धि भएको हो ।

 

आज नेप्से ४४.३४ अंकले बढेर दुई हजार २९ दशमलब ७८ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने १० कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।

 

आज एनआइबियल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४.०७ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको आज २० करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।