२०८१ बैशाख १५ , शनिवार

बाल सैन्यको प्रयोग युद्ध अपराधः शान्ति दिवसमा विभिन्न जिल्लामा प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं । २०८० असोज ४ गते विभिन्नि जिल्लामा प्रदर्शन लगायतका कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) मनाएको छ ।

 

संक्रमणकालिन न्याय सम्बन्धी संसोधन विधेयकलाई मानव अधिकार मैत्री बनाउ र टुंगोमा पुर्याऊ, विस्तुत शान्ति सम्झौताको मर्म अनुरुप मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई दण्डित गर भन्दै शान्ति समाजका काठमाण्डौ, रुपन्देही, चितवन जिल्ला शाखाले प्रदर्शन गरेका छन् । यसैगरी एक दर्जन बढी जिल्लामा असोज ४ गते साँझ शान्ति संस्कृति निर्माणमा जोड दिँदै दीप प्रज्वलन लगायत कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डौ बौद्धस्थित शान्ति स्तुपा अगाडि सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायत शान्तिवादीहरुले पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर्दै संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गर्नुभएको थियो ।

यसैगरी शान्ति समाजद्वारा रुपन्देहीको सैनामैनामा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दशक लामो सशस्त्र द्वन्द्वमा अन्तर्राष्ट्रिय मानवीय कानुनले युद्ध अपराध ठहर गरेको बाल सैन्यको प्रयोग लगायत गम्भीर मानव अधिकार उल्लंघन र मानवता विरुद्धका विभिन्न घटनामा संलग्नहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप दण्डीत गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य डि.पी खनाल, पत्रकार हरिश ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । हिंसाको भविष्य हुदैँन, शान्तिको विकल्प हुदैँन भन्ने मान्यतासहित शान्ति समाजले स्थापनाकालदेखी नै (२०५३ साल) अन्तर्राष्ट्रिय शान्ति दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।