२०८१ बैशाख २४ , सोमवार

नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा अन्तरक्रिया

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ ।

 

नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजना मा माननीय उद्योग ,बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसंग अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष टंक बहादुर धामी को अध्यक्षतामा, माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्य मा,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, मन्त्रालय का उद्योग सचिव, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य ,संघका पुर्व अध्यक्ष तथा संरक्षक कृष्णप्रसाद श्रेष्ठको बिशेष आतिथ्य मा,संघका सम्पुर्ण पदाधिकारी एवं क.स.सदस्यहरू तथा उद्योगी व्यवसायी हरूको उपस्थिति मा सम्पन्न भयो।

संघका उपाध्यक्ष चिरञ्जीवी वली ले स्वागत गर्नु भएको सो कार्यक्रममा माननीय मन्त्री ले सम्पूर्ण उद्योगी व्यवसायी का समस्या समाधान गर्नका लागि आफू लागि पर्ने वताउनु भयो भने संघका अध्यक्षले उद्योगी व्यवसायी का विभिन्न समस्य रहेका र ती समस्य हरू समाधान गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउनु भयो,यस्तै संघका कार्यसमिति सदस्य बुध्दि बहादुर बि.के.दियाली ले सुनचाँदी व्यवसाय मा रहेका विभिन्न समस्याका बारेमा जानकारी गराउदै ,समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद को कार्यलय को पत्र अनुसार उद्योग ,बाणिज्य तथा आपूर्ति मन्त्रालय का तत्कालीन बाणिज्य सचिव बैकुण्ठ अर्याल को संयोजकत्वमा बो समितिले २०७६ सालमा तयार गरेको प्रतिवेदन ले सिफारिस गरेको सुनचाँदी सम्बन्धि मापदण्ड निर्देशिका बनाई लागू गरिदिन अनुरोध गर्दै पुनः स्मरण का लागि सो प्रतिवेदन को प्रतिलिपी एक थान माननीय मन्त्री ज्यू लाई हस्तान्तरण गर्नुभयो।

 

सो कार्यक्रमको संचालन संघका का।बा।महासचिव टेकबहादुर खड्काले गर्नु भएको थियो।