२०८१ बैशाख २५ , मंगलबार

शैक्षिक प्रदर्शनी सुरू

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आजदेखि ‘नेपाल एजुकेशन एण्ड टोय एक्स्पो’ सुरू भएको छ । प्रदर्शनी भोलिसम्म जारी रहनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त प्रदर्शनीको उद्घाटन गर्दै सूचना र प्रविधिको अहिलेको युगमा पुस्तक तथा छापिएका सामग्रीसँगसँगै अन्य शैक्षिक सामग्रीहरू डिजिटल गर्न नसकिए पुस्तकको अस्तित्व नै हराउन सक्ने बताउनुभयो । उहाँले आगामी दिनमा खेल सामग्री र पाठ्यपुस्तक एकै छानामुनि राखेर व्यवसाय गर्न पनि सुझाव दिनुभयो ।

प्रदर्शनीमा बालबालिकाका लागि उपयोगी शैक्षिक खेलौना गाडी, बाइक, किताब, कापी, पिङ, चेस, लुडोलगायतका सामग्री राखिएका छन् ।
रासस