२०८१ बैशाख २४ , सोमवार

हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । होटेल उद्योगको प्रमुख अङ्ग मानिने सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधि आबद्ध एसोसिएसनले आज असोज ३ गते वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा देशभरिका सबैथरी होटेलका सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अघिल्लो वर्ष विशेष कार्यक्रम आयोजना गरी सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूको सर(सल्लाह बमोजिम एसोसिएसन गठन गरिएको थियो ।

काठमाडौंको बुढानीलकण्ठ स्थित तपेस रिसोर्टमा आयोजना भएको उक्त कार्यक्रममा सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ तथा पुराना सदस्यहरूको भेटघाटसँगै एक अर्काको व्यवसायलाई के(कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल सत्र समेत भएको थियो ।

प्याराडाइज इन काठमाडौंका बिजनेस डेभलपमेन्ट म्यानेजर दीपक पोखरेलले भन्छन्, ‘सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ सदस्यहरूलाई यसको महत्व बुझाइ थप नयाँ जनशक्तिलाई आकर्षित गर्नु हाम्रो एसोसिएसनको उद्देश्य रहने छ ।’

इच्छुक सदस्यले तोकिएको शुल्क तिरी सहभागिता जनाएको यस कार्यक्रमका आयोजक सबै सदस्य स्वयम् आफैं रहेका थिए । यद्यपि कार्यक्रम व्यवस्थापनको जिम्मेवारी बाराही ग्रुपका राजकुमार के।सी, प्याराडाइज इनका दीपक पोखरेल, कुटी रिजोर्टका देवराज अर्याल, वाइल्ड एडभेन्चर रिजोर्टका किशोर पौडेल, जङ्गल क्राउनकी प्रभा जिएम, होटेल यल्लो पगोडाका प्रदीप पौडेल, होटेल याक एण्ड यतिका रविन महर्जन, केजीएच ग्रुपका संजिव तुलाधर, धुलिखेल माउन्टेन रिजोर्टका उमेश श्रेष्ठले लिएका थिए । उपत्यका बाहिरबाट आउने अतिथि सदस्यहरूका लागि बस्ने व्यवस्थासँगै कार्यक्रम बिचमा स्न्याक्स हुँदै बेलुकाको डिनरसँगै कार्यक्रम समापन भएको छ ।
रासस