२०८१ बैशाख २४ , सोमवार

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीहरु लगायत अन्य कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्राविक्रेताहरुका पसल–पसलगएर आफ्ना ग्राहक रखुद्राविक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए।

 

‘बजार जाऔं’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरुव्यक्तिगत रुपमासुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुपआयोजनागरिएको कार्यक्रमहो । कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम‘हामीतपाईंकै लागि’अनुसार योबजार भ्रमण कार्यक्रमको आयोजनागरिएको हो। एनसेल आफ्नो सिद्धान्तमा केन्द्रितरहि नेपाल र नेपालीकै लागिनिरन्तर गुणस्तरिय सेवाप्रदानगर्न प्रतिबद्ध रहेको छ ।

 

नेपालीआमउपभोक्ताको निरन्तरको साथ र सहयोगकालागिव्यक्तिगत रूपमा धन्यवाददिन र उनीहरुका कुरा बुझ्न एनसेलका प्रमुखकार्यकारी अधिकृत एवम् प्रबन्धनिर्देशक जाब्बोर कायुमोभ लगायतव्यवस्थपनकाउच्चपदस्थअधिकारीहरुले आइतबार एनसेल सेन्टरहरु र खुद्राविक्रेताकापसलहरुमा भ्रमण गरेका थिए । भ्रमणका दौरानग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझावलिईएकाथिए ।

“ग्राहकप्रतिको हाम्रो प्रतिबद्घताले एनसेललाई परिभाषितगर्दछ र यसले हाम्राग्राहकलाई बुझ्न थप मद्दत गर्दछ । ग्राहकभनेको ‘किङ अफमार्केट’ हुन् भन्ने हामीले बुझेका छौ र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासोहरु केहीभए त्यस बारे बुझ्न र उहाँहरुको आवश्यकता के छ भनेर हामीले थाहापाउनआवश्यक छ । त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो,” एनसेलकाप्रमुखकार्यकारी अधिकृत एवम् प्रबन्धनिर्देशक जाब्बोर कायुमोभले भने । “बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँबजारका आवश्यकताहरु बुझ्न र द्रुत रूपमात्यस्ताआवश्यकताहरु परिपुर्ति गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ । त्यसैले हामीसबैले वार्षिकोत्सवमनाउँदै बजार केन्द्रितबन्ने अभियानमा सहभागीभयौं । बजार–केन्द्रितमानसिकताहामी सबैमा रहनआवश्यक छ । हाम्राग्राहकहरूसँग यसरी भेट्ने क्रमलाई हामीनिरन्तरतादिने छौं ।”

बजार भ्रमणका बेलामाप्रमुखकार्यकारी अधिकृत जाब्बोर, कम्पनीकाउच्चपदस्तअधिकारीहरु र अन्य सबै कर्मचारीहरुले आ–आफ्नो तोकिएका क्षेत्रहरुमागरि देशैभरका सबै एनसेल सेन्टरहरु र ५०० भन्दा बढि खुद्राबिक्रेताहरुकापसल.पसलमापुगेका थिए । साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रतक्ष्यअन्तरक्रियागरि मायाको चिनो समेत वितरण गरेका थिए ।
‘हामीतपाईंकै लागि’थिमअन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमाअन्यकार्यक्रमहरुको पनिआयोजनागरिनेछन् । त्यस्ताकार्यक्रमहरुमामानवविकास सूचकांकन्यूनभएका क्षेत्रमा स्वास्थ्यशिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।

 

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायककम्पनीहो । सन् २००४ मा स्थापनाभई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिकजिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रपबर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवाप्रदानगर्दै आएको छ ।