२०८१ बैशाख २६ , बुधवार

साउन र भदौमा सरकारले उठायो कुल १ खर्ब ४१ अर्ब राजस्व

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा सरकारले कुल १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्यमा दुई महिनामा ९.९२ प्रतिशत उठेको हो ।

बजेटमार्फत सरकारले चालु आर्थिक वर्ष कुल १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अन्य आम्दानीसहित दुई महिनाको अवधिमा सरकारको कुल आम्दानी १ खर्ब ५४ अर्ब रुपैयाँ बराबर छ ।

कार्यालयका अनुसार सो अवधिमा सरकारको खर्च भने १ खर्ब ३१ अर्ब भएको छ । दुई महिनाको अवधिमा सरकारको खर्चभन्दा आम्दानी २३ अर्ब बढी देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये दुई महिनाको खर्च ७.४९ प्रतिशत हो । दुई महिनामा कुल वार्षिक लक्ष्यको २ दशमलव ७ प्रतिशत पुँजीगत खर्च भएको छ भने ७ दशमलव ६८ प्रतिशत चालुगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्ष कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालु खर्च ११ खर्ब ४१ अर्बको अनुमान छ । त्यस्तै वित्तीय खर्च ३ खर्ब ७ अर्ब हुने अनुमान रहेकोमा दुई महिनामा ११‍ दशमलव ४९ प्रतिशत वित्तीय खर्च भएको भएको छ ।