२०८१ जेठ ५ , शनिवार

९७३१ नम्बरको टिकट काटेर नाडा शोमा जानेले पाए विद्युतीय स्कुटी उपहार

Screenshot 2023-09-18 153318

सुनाखरी न्युज/ काठमाडौं ।

‘नाडा अटो शो’ घुमेका एक जना अवलोकनकर्ताका लागि विद्युतीय स्कुटर पुरस्कार घोषणा गरिएको छ ।

२६ भदौदेखि ३१ गतेसम्म टिकट काटेर गएका मध्ये ९७३१ टिकट नम्बर भएका अवलोकनकर्ताले याडिया इलेक्ट्रिक स्कुटर जितेको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

टिकट काटेर अटो शो अवलोकन गरेका एक जना ग्राहकलाई विद्युतीय स्कुटर उपहार दिने अयोजकको घोषणा अनुसार सोमबार लक्की ड्र गरेर विजेता छानिएको नाडाले जनाएको छ ।

 

 

उक्त टिकट नम्बरका ग्राहकलाई नाडाको सचिवालय टेकुमा सम्पर्क राख्न पनि आयोजकले भनेको छ । अटो शो अवलोकन गरेका ७६ हजार एक सय मध्येबाट गोलाप्रथा गरेर भाग्यशाली ग्राहक छानेको नाडाले जनाएको छ ।

 

प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि ९वीवाईडी० ले जितेको छ भने उत्कृष्ट दुई पाङ्ग्रे सवारीसाधनतर्फको स्टल अग्नि मोटोनिक प्रालि ९जावा० ले जितेको छ ।

त्यसैगरी लाइट कमर्सियल भेहीकलको बेस्ट स्टल अवार्ड आयाम इण्टरनेसनल प्रालि ९फोर्स मोटर्स ० ले जितेको छ भने बेस्ट सर्पोटिङ स्टलको अवार्ड पौडेल इण्टरप्राइजेज ९लिक्वीइमोली स्टुडोजले० जितेको छ ।