२०८१ जेठ ५ , शनिवार

‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न, ‘क्याम्चर द फ्ल्याग’प्रतियोगिताको शीर्ष पाँचमा सफ्टवेरिका

Capture

सुनाखरी न्युज/ काठमाडौं । ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्नभएको छ । साइबर सुरक्षाफर्म थ्रेटनिक्सले गतभदौ २५ देखि २७गतेसम्मउक्तकार्यक्रमआयोजना गरेको थियो । काठमाडौंको होटेल याक एन्ड यतिमाभएको तीनदिने कार्यक्रममा ह्याकरको वर्कशप, सम्मेलन तथा विभिन्न कार्यक्रमहरू भएकाथिए । जसमध्ये ‘क्याम्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता पनि एक हो ।

उक्तप्रतियोगितामाविभिन्नकलेज तथाआईटी कम्पनीहरूलाई प्रतिनिधित्वगर्दै कुल ३८ समूहको सहभागी रहेको थियो । जसमध्ये उत्कृष्ट पाँच समूह (पहिलोदेखि पाँचौ)मा सफ्टवेरिकाकलेजको विद्यार्थीहरू पर्न सफलभए । प्रथमहुने समूहले १० हजार रुपैयाँनगद पुरस्कार र १६०० डलर (करिब २ लाख १४ हजार रुपैयाँ) बराबरको ओएससीपी प्रमाणपत्र (पीईएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्तगर्न सफलभए ।

 

दोस्रो हुने समूहले साढे सातहजार रुपैयाँनगद सहित २०३ डलर (करिब २७हजार) बराबरको प्रतिष्ठित ह्याकदीबक्स (एचटीबी) को एक वर्षसम्मभीआईपीपहुँच र छ महिनाकालागि १६८ डलर (करिब २२ हजार रुपैयाँ) बराबरको दुई ओटा भीआईपी सब्सक्रिप्सनहातपारे । उसै गरी तेस्रो हुने समूहले पाँचहजार नगदपाए । साथै ह्याकदीबक्सको एक वर्षसम्मभीआईपीपहुँच र छ महिनाकालागि ८४ डलर (करिब ११ हजार रुपैयाँ) बराबरको एउटा भीआईपी सब्सक्रिप्सनपाए ।
वार्षिक रूपमाआयोजनाहुने यो कार्यक्रम साइबर सुरक्षा र ह्याकिङमा रुचि राख्नेहरूको रुचिको केन्द्र बनेको छ । निकै विविधताबोकेको यस कार्यक्रमले विभिन्न क्षेत्रकालाई समेत आकर्षित गर्ने गर्छ । यसले गर्दा विश्वचर्चित ’ब्ल्याकह्याट’, ’डेफ कन’ जस्ता साइबर सुरक्षाकार्यक्रमहरू जस्तै थ्रेटकनले पनिआफ्नो पहिचानजारी राखेको छ । जुन यो पटकको पाँचौ संस्करणमा पनिजारी भयो ।

 

नेपालमा साइबर सुरक्षा सम्बन्धी यस्ता प्रतियोगिताहरू आयोजनागर्नाले युवाहरूलाई यस क्षेत्रमाआउन र विशेषज्ञता हासिलगर्न सहयोग पुग्छ । यस्ता कार्यक्रमहरूले उनीहरूलाई समस्या समाधानगर्ने सीपसिकाउने, साइबर सुरक्षा सम्बन्धीबुझाई विकास गर्ने, साइबर सुरक्षाचुनौतीहरूकालागितयारी गराउने गर्छ ।

 

 

रासस