२०८१ जेठ ५ , शनिवार

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले” असोज ३ र ४ गते सन्चालन हुने “अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा – बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिएका छन् ।

आइएमई पे को बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।