२०८३ जेठ ३ , आइतवार

चिकित्सक संघ र सरकारका प्रतिनिधिबीच वार्ता सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको छ । मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न आइतबार नै मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा. अनिलविक्रम कार्की, उपाध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. सन्जिव तिवारी, सहसचिव डा. लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ । यस्तै सरकारको तर्फबाट डा. विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ ।