२०८१ बैशाख २४ , सोमवार

आन्दोलनरत चिकित्सक र सरकारका प्रतिनिधिबीच वार्ता सुरू

Capture 10

 

सुनाखरी न्युज  / काठमाडौं ।

नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको छ । अतिरिक्त सचिव डा।विकास देवकोटासहितको पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच मन्त्रालयमा वार्ता सुरु भएको हो ।वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका भने चिकित्सक तर्फबाट चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गरेका छन्।

 

वार्तामा सरकारका तर्फबाट सचिव पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह रहेका छन्। यसअघि, मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’ दिएको थियो । उपचारमा लापरबाही गरेको भन्दै यही भदौ २७ गते डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि कुटपिट गरिएको थियो । सो घटनासँगै देशभरका चिकित्सक आन्दोलित छन् ।

 

सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा हजारौ विरामी प्रभावित भएका छन् । सबै स्वास्इ सेवा ठप्प भएपछि मन्त्रालयले आज सचिव विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा जनिथ सिंह घाइते भएका हुन्।

 

शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ। डा सिंह ट्रमा सेन्टरको आइसीयूमा अब्जरभेसनमा रहेका छन्।