२०८२ फाल्गुन २६ , मंगलबार

बढ्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ५०० रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैपाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।