२०८१ बैशाख २४ , सोमवार

चिकित्सक संघले ठप्प पार्यो ओपीडी सेवा

Capture

सुनाखरी न्युज/ काठमाडौं । डाक्टर माथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले बन्द गर्यो ओपीडी सेवा बन्द गरेको छ ।

संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनाको बिरोधमा आन्दोलनमा उत्रिएका हुन ।

संघले उक्त घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग सेवा ठप्प पारेका हुन् । संघले देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न माग गरेको छ ।