२०८१ जेठ ४ , शुक्रवार

खड्का कार्यवाहक प्रधानमन्त्री

Purna Bdr

सुनाखरी न्युज/ काठमाडौं ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी  दिइएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ ।

 

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।