२०८१ जेठ ४ , शुक्रवार

ऐतिहासिक वाटुलेचौर तीज मेलाको तयारी पुरा, १७ टोलिले सहभागिता जनाउने,विन्ध्यवासिनी मा.विलाई सम्मान गरिने

Capture

शिशिर उजाड / पोखरा । परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेलाको तयारी पुरा भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा यही असोज १ गते हिमालय क्लवको आयोजनामा स्थानिय खेल मैदानमा हुन लागेको मेलामा आन्तरिक वाहेकका सम्पुर्ण तयारी पुरा भएको क्लवले जनाएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा विगतका वर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको क्लवले यस वर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथामिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताको लागी गर्न लागिएको अध्यक्ष सुशील वस्नेतले वताउँनुभयो ।

 

मेलामा १७ वटा समुहले सहभागिता जनाउने सचिव शिवराज देवकोटाले जानकारी दिनुभयो । असोज १ गते हुने मेलाको उद्घाटन १७ वटा आमा समुहका अध्यक्षले संयुक्त रुपमा गर्ने र सोही दिन सामुदायिक विद्यालय तर्फ नेपालमै उत्कृष्ट पहिलो हुन सफल वाटुलेचौरको विन्ध्यवासिनी मा.विलाई सम्मान गरिने क्लवका निर्वतमान अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो । उद्घाटनका दिन चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योती लोहनीको प्रस्तुती रहने वताईएको छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, मानार्थ सदस्य बेनि वहादुर वस्नेत, सल्लाहकार रामबहादुर बानियाँ, खिमलाल अधिकारी,संयोजक तारा प्रसाद तिमिल्सिना, लक्ष्मी श्रेष्ठ, महिला नेतृ लक्ष्मी पाण्डे लगायतले तिज पर्वलाई मौलिक र संस्कृतिक बनाउन कुनै कसर बाँकी राख्न नहुने वताए।

 

तत्कालिन कास्कीका राजा कुलमण्डन शाहकै पालादेखि वाटुलेचौर तीज गीतका लागी प्रख्यात रहेको पाईन्छ । त्यतिवेलै वाटुलेचौर, लामाचौर, भलाम, घार्मी, पुरुन्चौर, अर्मला लगायतका क्षेत्रका महिलाहरु सेती गंगा स्नान गर्न जाने र फर्किदा वाटुलेचौर मैदानमा वसेर तिज गीत गाउँदै नाचेर रमाईलो गर्ने गरेको आफ्ना पुर्वजले वताएको सचिव देवकोटाले जानकारी दिनुभयो । उनीहरु पानी पनि नखाई भोकै वसेर दिनभर नाँचगान गर्दथे । सहभागी दिदि वहिनीलाई तत्कालिन राजा शाहले नाचँ गान गरे वापत १ मोहर दिने गरेको पनि पाईएको छ ।

 

मेलाको ऐतिहासिक र साँस्कृतिक पक्षलाई वचाई राख्न पनि निरन्तरता दिईएको र आमन्त्रीत टोलीले परम्परागत रुपमा आ आफ्नो समुहमा वसेर गीत तथा नृत्य प्रस्तुत गर्ने वताईएको छ । १ दिन मात्र संचालन हुने मेलामा करिव ५ लाख खर्च लाग्ने क्लवले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने छ ।पत्रकार सम्मेलन पछि क्लवले शुभकामना आदान प्रदान सहित आजिवन महिला सदस्यलाई दर समेत खुवाएको थियो । पत्रकार सम्मेलनको संचालन क्लबका सचिव शिवराज देवकोटाले गर्नुभएको थियो।

मेलालाई व्यवस्थित र ऐतिहासिक वनाउन विभिन्न संघ संस्था र व्यक्तिले स्वत स्फुर्त रुपमा सहयोग गरेको क्लवले जनाएको छ ।