२०८१ जेठ ४ , शुक्रवार

यस्तो छ आजको मौसम

weither

सुनाखरी न्युज/ काठमाडौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा हाल भारतको पुर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मैसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

सुदूर-पश्चिम प्रदेशका एक.दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि संभावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

२०८० भदौ ३० गते (शनिबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि संभावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र

बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० भदौ ३१ गते (आइतबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका  केही  स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी र सुदूर-पश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा-हुरीको पनि संभावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० असोज ०१ गते (सोमबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी  भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  (Warning  /  Advisory  for  next  24  hours)

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि संभावना रहेको छ।वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने,  गेग्रान बहाव,  बाढी,  पहिरो,  भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य,  कृषि,  दैनिक जनजीवन,  सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।