२०८१ जेठ ४ , शुक्रवार

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, कुनमा कति ? (सूचि सहित)

petrol_pump

सुनाखरी युज/ काठमाडौं ।

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।

 

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।