२०८१ जेठ ५ , शनिवार

विद्यालय नाटक महोत्सवमा १५ नाटक मञ्चन हुुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा थिएटरद्वारा आयोजित पाँचाँै संस्करणको पोखरा विद्यालय नाटक महोत्सवमा १५ नाटक मञ्चन हुने भएका छन् ।

बुधबारदेखि सुरु भई असोज १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा पोखरा महानगरपालिकाभित्रका १४ र काठमाडौँबाट अतिथि नाटकका रुपमा एक नाटक मञ्चन गरिने भएको हो । यस संस्करणको विद्यालय नाटक महोत्सवको नारा ‘शिक्षण विधिका रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।

महोत्सवमा प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने ‘गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले’ सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकका रुपमा पोखरा महानगरपालिका रहेको छ ।

सबैको साथ सहयोगमा महोत्सव आयोजना हुँदै आएको बताउँदै महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पाँच वर्षको यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुुभयो ।

पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सवप्रतिको आकर्षण बढ्दै गएको बताउँदै पोखरा थिएटरको स्थापना यता विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाटक मञ्चन, नाटक महोत्सवका साथै रङ्गमञ्चीय गतिविधि बढाइएको बताउनुुभयो ।

महोत्सवको पहिलो दिन बुधबार हिल पोइन्ट मावि माटेपानी पोखराद्वारा तयार गरिएको नाटक ‘शिलान्यास’ मञ्चन गरिएको थियो । भीमनिधि तिवारीद्वारा लिखित नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन गरिएको हो ।

महोत्सवको दोस्रो दिन आज नवदीप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भूत’ नाटक मञ्चन गरिनेछ । सरुभक्तद्वारा लिखित नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार गरिएको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताका लागि एक हजार रुपैयाँ तिरेर सदस्यता लिनसक्ने व्यवस्था मिलाइएको थिएटरले जनाएको छ । हरेक विद्यालयलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
रासस