२०८१ जेठ ७ , सोमवार

राइड वा ड्राइभ, किनमेल वा डेलिभरी, पठाउनुहोस् वा प्राप्त गर्नुहोस् – सबै डिल्सका लागि एउटै एप इन्ड्राइभ

Capture

सुनाखरी न्युज/ काठमाडौं । विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इनड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू रकम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोटगर्न अनुमति दिएर नेपालमा राइड(सेयरिङ उद्योगलाई ससक्तरुपमा अगाडि बढाईरहेको छ।

इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवाहरू सुरु गरेको थियो र त्यसबेलादेखि ग्राहकहरूलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको छ। सेवा नपुगेका बजारहरूमा विद्यमानखाडलहरूलाई सम्बोधन गर्न उचित समाधानहरू सिर्जना गर्नु इनड्राइभको विश्वव्यापी विस्तार रणनीतिको महत्त्वपूर्ण भाग हो। ूसुरक्षाप्रति हाम्रो प्रतिबद्धतालाई कायम राख्न, हामीले सेफ्टि प्याकका साथमा(प्रयोगकर्ताहरूलाई समर्पितसुविधाहरू, सुझावहरू, र चालक तथा यात्रुहरूका लागि आचार संहिताको साथ सशक्तिकरण गर्ने पहल प्रस्तुत गरेका छौं।

 

हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौं र भेदभावको लागि शून्य(सहनशिलताको नीति लिँदै आएका छौं।एक्सपान्सन, ग्रोथ , कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर, हामी उत्कृष्ट नतिजाहरू कायम राख्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्दै आएका छौं, राइड(हेलिङ एपीएसी इनड्राइभका डाइरेक्टर श्री रोमन एर्मोसिनले भने।

 

वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर स्वतन्त्र चालकहरू हालइन्ड्राइभ ९इनर ड्राइभ०को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ। इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड(हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभलेप्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुनसक्दछन्। आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ।