२०८१ बैशाख २३ , आइतवार

२०८२ मंसिरभित्र महाधिवेशन गरेरै छाड्छौं : महामन्त्री गगन थापा

gagan thapa

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने बताएका छन् ।

कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था गरिएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ । तर क्रियाशील सदस्यता विवादले गर्दा कांग्रेसको महाधिवेशन विधानले तोकेको समयभित्र हुन सकेको छैन ।

बुधबार पोखरा महानगरपालिकाको सम्मेलनमा महामन्त्री थापाले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने दाबी गरेका हुन् । उनले भने, ‘२०८२ मा महाधिवेशन गर्नैपर्छ । २०८२ सालको मंसिर उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन । जान दिइन्न ।’ पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई छ । उनले २०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने दाबी गरेका छन् ।

महाधिवेशन हुने वर्षमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने उनले बताए । रासस