२०८१ बैशाख २० , बिहिवार

स्वर्गिय सुवास नेम्वाङ प्रति समवेदना ब्यक्त

WhatsApp Image 2023-09-13 at 14.34.43

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका शुभचिन्तक एवं नेपाल सुनचाँदी ब्यवसायी संघका पुर्व सल्लाहकार सुवास नेम्वाङको मंगलबार विहान असामयिक निधन भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले उहाँप्रति हार्दिक समवेदना ब्यक्त गरेको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्य लगायत महासंघका विभिन्न ब्यक्तिहरुको उपस्थितिमा एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुधबार स्वर्गिय नेम्वाङ प्रति हार्दिश समवेदना ब्यक्त गरिएको हो ।
नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष नेम्वाङको निधनवाट महासंघलाई मात्र नभई सिङगो देशलाई नै अपुरणिय क्षति पुगेको महासंघले जनाएको छ । समवेदना ब्यक्त गर्ने क्रममा महासंघका अध्यक्ष शाक्य, विशिष्ट सदस्य मणिरत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, केन्द्रिय सदस्य टेकरत्न बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।