
सुनाखरी न्युज /काठमाडौं ।
दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा नेपाल आइपुगेका छन् । उनी बाबुको निधनको खबरसँगै आज अष्ट्रेलियाबाट काठमाडौं आईपुगेका हुन् ।सुहाङ मंगलबाार राति साढे १० बजे काठमाडौं आइपुगेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।
जेठो छोरा मिङ्सो नेम्वाङ आज ९बुधबार आइपुग्ने बताइएको छ । उनी बैदेशिक रोजगारीका लागि बेलायतमा बस्दै आएका छन् । मिङ्सो पनि आइपुगेपछि सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ । उनको हृदयघातका कारण हिजो निधन भएको थियो । नेम्वाङ संविधान सभा सदस्य एवं पूर्व सभामुख हुन् ।
दुवै छोरा विदेशमा रहेकै कारण नेम्वाङको पार्थिव शरीरको दाहसंस्कार गरिएको छैन। अहिले उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। दिउँसो नेम्वाङको पार्थिव शरीर उनकै निवासमा लगिने एमालेले जनाएको छ। अब बेलायतमा रहेका जेठो छोरा मिङ्सो नेपाल आइपुगेपछि नेम्वाङको अन्त्येष्टिको निर्णय हुने काफ्लले जानकारी दिए।