२०८१ जेठ ५ , शनिवार

निसानको म्याग्नाइट एसयुभि, अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा पनि आउँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले— निसान म्याग्नाइटको नयाँ संस्करण(भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि—निसान म्यागनाइट—अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटि) सहित उपलब्ध हुनेछ ।

निसान म्याग्नाइट एएमटिले स्वचालित ट्रान्समिसनको सहजतालाई—म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल(नियन्त्रण) र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै—दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्दछ । निसान म्याग्नाइटको नयाँ एएमटि गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछ जुन: XL MID, XV UPPER, XV UPPER (DUAL), XV PREMIUM, र XV PREMIUM (DUAL) रहेको छ ।

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार, “निसान म्याग्नाइटमा नयाँ एएमटि सुविधा आउनुले— निसानको निरन्तर इनोभेसन(नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ ।”पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार, “म्याग्नाइटमा रहेको नयाँ एएमटि सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसार निकै उपयोगी हुनेछ । यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ ।”

निसान म्यागनाइट एएमटि चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ भने म्यागनाइट एएमटिको लन्च एही नाडा अटो शोमा हुन गहिरहेको छ। पायोनियर मोटो कर्प—सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ एएमटि भेरियन्टमा ड्राइभिङ अनुभव प्राप्त गर्न प्रोत्साहित गर्दछ ।

पायोनिर मोटो कर्प र निसानको बारेमा

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक विक्रेता हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।

निसान मोटो कर्प लिमिटेड, वा निसान, जापानको योकोहामाको निशी-कुमा मुख्यालय रहेको बहुराष्ट्रिय अटोमोबाइल(गाडी) निर्माता हो । कम्पनीले निसान र इन्फिनिटि ब्रान्डका कारहरू निस्मो नामक इन-हाउस पर्फमेन्स ट्युनिङ उत्पादनहरू अन्तर्गत बिक्री गर्दछ ।