२०८१ बैशाख २३ , आइतवार

“जेन दिपिका ग्यारेट” बनिन् एशियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३

Capture

सुनाखरी न्युज/ काठमाडौं । एशियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छिन् मिस जेन दिपिका ग्यारेट । काठमाडौको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शनिबार आयोजित फिनालेमा २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले यो उपाधि आफ्नो नाममा लेखाएकी हुन् ।

प्रतियोगीतामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा सुनार, मिस शिताश्मा पोखरेल र मिस अभिलाषा लम्सालले क्रमशः द्वितीय, तृतीय, चौथो र पाँचौ स्थान ओगट्न सफल बनेका छिन् ।
साथै एशियन पेन्ट्सले प्रतियोगीताको अन्तिम चरणमा रोयल ब्लिङ मिस ड्याजलिङ डिभा, र रोयल प्ले मिस क्रियटिभ क्यानभासको टाइटल पुरस्कार पनि प्रदान गरेको थियो । रोयल ब्लिङ मिस ड्याजलिङ डिभाको टाइटल मिस शिताष्मा पोखरेलले र रोयल प्ले मिस क्रियटिभ क्यानभासको टाइटल डा.अमिसा बस्नेतले जितेका छिन् ।

मिस युनिभर्स नेपाल २०२३ की विजेता मिस जेन दिपिका ग्यारेटलाई एशियन पेन्ट्स नेपालका कन्ट्रि डाइरेक्टर श्री जि.गोपालकृष्णन्ले पुरस्कार प्रदान गर्नु भएको थियो । मिस युनिभर्स नेपालसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै सो समारोहमा श्री गोपालकृष्णन्ले भन्नु भयो “एशियन पेन्ट्समा हामी जिन्दगी र स्थानहरुमा रङ्गहरुले ल्याउने परिवर्तनलाई विश्वास गर्दछौं । मिस युनिभर्स नेपाल २०२३ को मुख्य प्रायोजक भएर हामीले केवल बाहिरी सौन्दर्यको नभई आन्तरिक सिर्जना र स्टाइलको पनि उत्सव मनाउने लक्ष्य राखेका छौं ।”

 

मिस युनिभर्स नेपालको एक मुख्य सौन्दर्य प्रतियोगीता हो, जसले बुद्धि, सौन्दर्य र नेतृत्वको उत्सव मनाउन चाहन्छ । यो प्रतियोगीताले युवतीहरु उनीहरुको प्रतिभा प्रष्फुटन गर्ने मञ्च प्रदान गर्नुका साथै अन्तर्रारिष्ट्रय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिन्छ र समाजमा एक सकारात्मक प्रभाव छाड्दछ ।