२०८१ बैशाख २७ , बिहिवार

एक दिनमै २०० अर्ब डलरले घट्यो एप्पलको शेयर

iphone_15

सुनाखरी न्युज/ काठमाडौं ।

एप्पलको शेयरमा भारी गिरावट आएको छ । चीनको सरकारी कार्यालयमा आईफोन प्रयोग गर्ने नदिने निर्देशन आएसँगै एप्पलको शेयर मूल्यमा छ प्रतिशतले गिरावट आएको हो ।

बीबीसीका अनुसार बिहीवार र शुक्रवार एप्पलको शेयर मूल्य २०० अर्ब डलरले घटेको छ । १८ प्रतिशत आम्दानी हुने चिनियाँ बजार एप्पलको सबैभन्दा ठूलो बजारमध्येको एक हो । त्यही देशको सरकारी कार्यालयमा प्रतिबन्ध लागेपछि एप्पलको शेयरमा गिरावट आएको बताइएको छ । त्यस्तै चीनमा रहेको फक्सकन सप्लायर्सले नै एप्पलका अधिकांश प्रडक्ट उत्पादन गर्ने गर्छ ।

वाल स्ट्रिट गर्नलले बुधबार एक रिपोर्ट सार्वजनिक गर्दै बेइजिङ ९चीनको राजधानी०ले केन्द्रीय सरकारी निकायका अधिकारीलाई कार्यालयमा आईफोन नल्याउन निर्देशन दिएको जनाएको थियो । सो रिपोर्टका अनुसार कार्यालयमा आईफोन प्रयोग नर्गन कर्मचारीलाई सुपरभाइजरले हालै मात्र निर्देशन दिएका थिए ।

आईफोन मात्र नभई सरकारी कार्यालयमा अन्य विदेशी ब्रान्डका डिभाइसमाथि पनि प्रतिबन्ध लगाइएको छ । चीनका केही सरकारी निकायमा आईफोनमाथि प्रतिबन्ध लागिसकेको भए पनि सबै ठाउँमा लागू हुन बाँकी छ । चीनले किन एप्पल तथा विदेशी ब्रान्डका स्मार्टफोनमाथि प्रतिबन्ध लगाएको हो भन्ने खुल्न सकेको छैन ।

मंगलबार एप्पलले आईफोन १५ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । यसको उत्तरार्धमा एप्पल डिभाइसमाथि प्रतिबन्ध लाग्नुले एप्पललाई ठूलो नोक्सानी हुने विश्लेषण गरिएको छ ।

यद्यपि प्रतिबन्ध लागेको हो वा होइन भन्ने विषयमा चिनियाँ सरकारले आधिकारिक भनाइ राखिसकेको छैन । एप्पलले पनि यस विषयमा आधिकारिक विज्ञप्ति निकालेको छैन ।
एजेन्सी