२०८१ बैशाख २२ , शनिवार

२६ लाख नगदसहित  नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ

nepalgunj-airport

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकारका एक जना कर्मचारीलाई  नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

 

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

 

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।