२०८१ जेठ ५ , शनिवार

हिमालय एयरलाइन्सद्वारा काठमाडौँदेखि चीनको छिन्ताओमा उडान सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले छिन्ताओमा सिधा उडान सुरु गरेको हो ।

सिधा उडानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगाएतले शुभारम्भ गर्नुभयो ।

साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।

उद्घाटन उडानका अवसरमा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । रासस