२०८१ जेठ ५ , शनिवार

साल्ट ट्रेडिङ कर्पोरेशनद्धारा  ६१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

1694344599

सुनाखरी न्युज/ काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६१ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।मृगौला पीडित समाजको सहयोगार्थ आयोजित उक्त रक्तदान कार्यक्रम रेडक्रसको सहयोगमा संचालनमा आएको हो ।

कर्पोरेशनको कालिमाटीस्थित केन्द्रिय कार्यालय परिसरमा आइतबार आयोजित उक्त रक्तदान कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्य, शेयरधनी, वरिष्ठ अधिकारी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार लगायतले रक्तदान गरेका थिए ।

सो अवसरमा कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठ र विभागीय प्रबन्धक ब्रजेश कुमार झाले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

 

 

विभागीय प्रबन्धक झाले साल्ट ट्रेडिङ्ले आफ्नो स्थापना दिवस अर्थात भदौ २७ गते वार्षिकोत्सव समारोह आयोजना गर्नुपूर्व प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो ।