२०८१ बैशाख २२ , शनिवार

यस बर्षको शरद ऋतुका लागि २८ टिमका २८४ जनाले लिए हिमाल आरोहण अनुमति

Himal

सुनाखरी न्युज/ काठमाडौं ।

यस बर्षको  शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।

 

शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि नास्लुमा सर्वाधिक अनुमति जारी भएको छ । विभागका अनुसार यस वर्ष मनास्लुमा २३ टोलीका २६६ जना आरोहीले अनुमति लिएका छन् ।

यो सिजनका विभिन्न हिमालका लागि चीनबाट कुल ६७ जनाले आरोहण अनुमति लिएका छन् । जसमा १८ जना महिला छन् ।

 

अमेरिकाका ३० जनाले अनुमति लिएका छन् । जसमा महिलाको संखया ७ छ । रसियाबाट २६ जनाले अनुमति लिएका छन् । जसमा ४ जना महिला छन् । जापानका १५ जनाले अनुमति लिएकोमा ४ जना महिला छन् । फ्रान्सका १५ जना रहेकोमा २ जना महिला छन् । यो सिजनमा अनुमति लिने नेपाली आरोहीको संख्या ३ जना रहेको छ ।