२०८१ बैशाख २२ , शनिवार

ब्रोकर कमिसन घटाउने बोर्डको तयारी, मार्जिन कारोबार गर्न पाउनु पर्ने ब्रोकरको माग

Sebon

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन घटाउने तयारी गरेको छ । सेयर ब्रोकर र लगानीकर्तासँग सेयर कारोबार गर्दा लाग्ने शुल्क समायोजन कसरी गर्न सकिन्छ भनेर छलफल भएको बोर्ड अध्यक्ष हमालले बताए ।

 

बोर्डले  ब्रोकर कमिसन घटाउन बोर्डले सेयर ब्रोकर तथा सेयर लगानीकर्ता लगायत स्टेक होल्डरसँग छलफल गरिरहेको छ । बोर्डले सेयर ब्रोकरको कमिसन घटाउन तयारी गरेपछि सेयर ब्रोकर कम्पनीहरुले भने व्यवसायको अन्य क्षेत्रहरु खुला गर्नुपर्ने शर्त राखेका छन् ।

गत शुक्रबार बोर्डमा भएको छलफलमा सेयर ब्रोकरहरुले फार्टफोलियो म्यानेजमेन्ट सेयर ब्रोकरलाई दिनुपर्ने माग राखेका थिए ।सीमित कारोबार गर्न स्वीकृति पाएका बोकरले मार्जिन कारोबार गर्न नपाउने व्यस्था छ ।

अध्यक्ष हमाल पनि ब्रोकर कमिसन घटाउने भए अन्य केही व्यवसाय थप गर्नुपर्ने भन्ने प्रस्ताव रहेको बताउँछन् । जुन कुरा स्वभाविक पनि हो ।

छलफलमा नेप्सेको सञ्चालक समितिबाट पारित भएर स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको धितोपत्र व्यवसायी सुपरिवेक्षण विनियमावलीमा संशोधन गर्नुपर्ने माग पनि सेयर ब्रोकरले राखेका थिए ।