२०८१ बैशाख २६ , बुधवार

संस्कृती शिक्षा सदनको सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

IMG_20230909_204517

सुनाखरी न्युज/ काठमाडौं ।
संस्कृती शिक्षा सदन तारकेश्वर–४, लोलाङमा सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वद्यालयका प्रवन्ध निर्देशक रविन्द्र खत्रीको संयोजकत्वमा भदौ २३ गते भएको उक्त कार्यक्रममा विद्यार्थीहरु द्धारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । साथै कार्याक्रममा विद्यार्थीहरुले विभिन्न जात जातिलाई चिनाउने पोशाक सहित परम्परागत तथा आधुनिक नृत्य प्रस्तुत गरेका थिए ।

सयौ संख्यामा उपस्थित अभिभावकहरुका माझ उक्त कार्यक्रममा बिद्यालयले गत वर्षको एस.ई.ई. परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आगमी दिनहरुको उज्वल भविष्यको शुभकामना सहित सम्मान कार्यक्रम गरियो जहाँ विद्यालयका प्रवन्ध निर्देशक द्धारा ब्ं ग्रेड ल्याउने ५ जना विद्यार्थीहरुलाई नगद रु. २५००० का दरले, ब् ग्रेड ल्याउने ८ जना विद्यार्थीलाई नगद रु २०००० र द्यं ल्याउने १ जना विद्यार्थीलाई रु.१०००० ले सम्मान गर्नु भयो ।

साथै विद्यालयमा विद्यार्थीको उज्जल भविष्यको लागि अहोरात्र खटिएका कार्य सम्पादनका आधारमा विभिन्न शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मान गर्ने क्रममा ८ जना शिक्षक शिक्षिकाहरुलाई प्रसंशा पत्र सहित रु. २५००० का दरले सम्मान प्रदान गरिएको छ ।