२०८१ बैशाख ३१ , सोमवार

बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता भएको बताउनुभएको छ ।

एकसय दसौँ बिपी जयन्तीका अवसरमा पाटनमा तरुण दलले आज आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो,“बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनाका साथै राष्ट्रयताका लागि सधैँ लडिरहने व्यक्तित्व हुनुहुनथ्यो।” राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभूत चाहना हुन् भन्नुहुने बिपीले युवालाई सङ्गठित गर्न नेविसङ्घ र तरुण दल स्थापना गर्नुभएको मन्त्री भट्टले उल्लेख गर्नुभयो ।

पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको छ भन्दै उहाँले यसका लागि वैचारिक आन्दोलनको आवश्यकता रहेकामा जोड दिनुभयो ।

मन्त्री भट्टले भन्नुभयो,“ कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पु¥याउन जरुरी छ । यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ ।”
कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको थियो । उहाँको जन्म विस १९७१ भदौ २४ गते भएको थियो ।
रासस