२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब ७ करोडको कारोबार

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२३ अंकले बढेको छ। यसदिन नेप्से १९४२.६८ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन २७६ वटा धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको हो। गत कारोबार दिन १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँ पुगेको छ।