२०८१ जेठ ५ , शनिवार

प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको वालिङमा शाखा

Capture

उजाड शिशिर/ पोखरा । प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड स्टक ब्रोकर नं ३२ ले स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ ।

 

शाखाको शुक्रवार एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले कम्पनीले यस क्षेत्रमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुभयो । कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका कम्पनीका अध्यक्ष प्रबन्ध निर्देशक रविन्द्र प्रसाद न्हुछें प्रधानले कम्पनीले सेवालाई प्रभावकारी बनाइने बताउनुभयो । कम्पनीका सञ्चालक सन्तोषमान श्रेष्ठले सेवालाई सहज र प्रभावकारी बनाउने लक्ष्यका साथ वालिङमा शाखा विस्तार गरेको बताउनुभयो ।

 

कम्पनीका अध्यक्ष रविन्द्र प्रसाद न्हुछें प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका शाखा प्रमुख सूर्य खनालले सञ्चालन र शाखा प्रबन्धक दीपक पौडेलले स्वागत गर्नुभएको थियो ।