२०८१ बैशाख २० , बिहिवार

बहुप्रतिक्षित टियागो ईभी को बूकिंग खुल्यो

Tiago EV Bookings Open

सुनाखरी न्युज/ काठमाडौँ ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित टियागो इभीको बुकिङ्ग आरम्भ गरेको छ । इच्छुक ग्राहकहरुले घर बसी बसी आफ्नो मोबाइल वा कम्प्युटर बाट https://tatacars.sipradi.com.np/vehicle/bookvehicle/tiago-ev मा आफ्नो नाम दर्ता गराई वा नेपालभर रहेको टाटा मोटर्सको शोरुमहरुमा गएर बुकिङ्ग गर्न सक्नुहुनेछ । टाटा टियागो ईभी यहि मंगलबारबाट सुरु हुन गईरहेको १५औं टाटा मोटर्स जेनुइन आयल द्वारा प्रायोजित “नाडा अटो शो २०२३” मा विशेष कार्यक्रममा आकर्षक सुरुवाती मूल्य सहित सार्वजनिक गर्ने जानकारी प्राप्त भएको छ । ग्राहकहरुले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटोशोमा टाटा मोटर्सको स्टल नम्बर A3 मा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सक्नुहुनेछ ।

नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ ।
टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो, जुन भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा पर्दछ । नेपालमा पनि टाटा टियागो ईभी एकदमै धेरै सोधखोज भईरहेको गाडी हो । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडीले विशेष गरी युवावर्गहरुमा थप उत्साह र ईभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा रहेको छ ।

नेपालमा टाटा टियागो इभी ५ वटा भेरियन्ट सहित ४ वटा कलरमा उपलब्ध हुनेछन् । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ किमी भनिएको छ भने नेपाली बाटोमा २५० किमि सम्मको रेन्ज दिने अनुमान गरिएको छ ।

अहिलेको समयमा टाटा मोटर्स का अत्याधिक रुचाईएका ईभी अर्थात विधुत्तीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनिले पनि आफ्नो उत्पादनहरु का साथ् ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउंदै आईरहेको जानकारी सबैलाई छ । नेपालकै पहिलो, ठुलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिंग स्टेशन देखि उच्चस्तरिय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भईसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिंग स्टेशन देखि सर्भिस स्टेशन लाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना छ । यो संग संगै जनशक्ति को दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ्ग सेन्टर तथा ट्रेणिङ्ग सेन्टरको थप निर्माण गर्ने योजना छन् ।